बलिउडका कलाकारहरु समय समयमा आफ्नो प्रेम सम्बन्धले चर्चामा आउने गर्छन् । यस्तै चर्चामा आइरहने नायक हुन् बरुण धवन । पछिल्लो समय उनको र उनकी प्रेमिका न ताशाबिचको प्रेम सम्बन्धको विषयलाई लिएर थरी थरिका कुरा मिडियामा आइरहेका छन् । उनिहरुको बिबाहको कुराले पनि मिडियामा धेरै स्थान पाइरहेको छ । भारतिय मिड्याहरुमा बरुणले यो वर्ष प्रेमिका नताशा दलालसँग बिबाह गर्ने समचारहरु आइरहेका छन् तर, उनीहरुले भने यो विषयमा औपचारिक जनकारी दिएका छैनन् । मिडियामा आएको खबर अनुसार बरुण र नताशाको परिवार बसेर आगामी डिसेम्बरलाई बिबाहको मिति पक्का गरिसकेका छन् । उनीहरुले गोहाको समुन्द्री किनारामा बिबाह गर्ने तयारी गरिरहेका छन् । जहाँ दुई परिवार र बलिउडका केही कलाकारहरु मात्र उपस्थित हुनेछन् । बिबाहपछि उनीहरुले मुम्बाईमा रिशेप्सन पार्टी गर्नेछन् ।