बसन्त ऋतुको आगमनसँगै पर्वतारोहणको मौसम पनि आएको छ । वर्षेनी हजारौँको सङ्ख्यामा पर्वतारोहीले हिमाल चढ्ने अनुमती लिइरहेका छन्, र मौसम अनुकुल परेको बेलामा सगरमाथामा ट्राफिक जामको खबर पनि आउने गरेका छन् । एड्भेन्चरमा रमाउने सर्वसाधारणदेखी कला पारखी, अभिनेता-अभिनेत्री पनि पछिल्लो समय सगरमाथा आरोहणमा आकर्षित भैरहेका छन्, यसै बिच हलिउड एक्ट्रेस एवं गायिका म्यान्डी मुर्रे हिमाल चढ्न नेपाल आइपुगेकी छन् । आफ्ना नजिकका केहि साथिहरुसँग सगरमाथा चढ्न नेपाल आएकी उनले बेस क्याम्पबाट केहि तस्बिरहरु सार्वजनिक गरेकी छिन ।
युएस विक्लीका अनुसार १० दिने ट्रेकलाई मुर्रे नेपाल आइपुगेकी हुन् । उनका अनुसार सगरमाथा शिखरमा पुग्नु आफ्ना लागि अहिलेसम्मकै एड्भेन्चर क्षण हुनेछ । गोल्डेन ग्लोब्स लगायतका अवार्डमा मनोनिन भैसकेकी उनको यस वर्ष चलचित्र ‘फ्यामिली गाइ’ रिलिज हुँदैछ ।