बलिउड अभिनेता शाहरुख खान प्राय जसो आफ्नो सन्तानको कारण चर्चामा आइरहेका हुन्छन् । यति बेला शाहरुखले आफ्नो ठुलो छोरा प्रति दिइएको अभिव्यक्तिले चर्चा पाइरहेको छ । शाहरुखले आफ्नो छोरा आर्यनलाई अभिनेता शाहरुख खानले छोरा आर्यनलाई लिएर कडा चेतावनी दिएका छन् । एक अन्तवार्तामा बोल्दै छोरा आर्यनले कुनै युवतीलाई किस गरेमा ओठ काटिदिने चेतावनी दिएका हुन ।
त्यसो त एक पटक छोरी सुहानाको सन्दर्भमा पनि उनले यस्तै अभिव्यक्ति दिएका थिए । कुनै केटाले सुहानालाई किस गरे त्यो केटाको ओठ काटिदिने उनले बताएका थिए । शाहरुख आर्यनलाई आफूभन्दा पनि स्टार अभिनेताका रूपमा हेर्न चाहेको बताउँछन् । छोरो छोरीको सन्दर्भमा शाहरुखको यस्तो अभिव्यक्ति प्राय आइरहेको हुन्छ ।