बलिउड अभिनेता अजय देवगनका पिता अर्थात चर्चित अभिनेता, निर्देशक विरु देवगनको निधन भएको छ । ह्रदयघातका कारण सोमबार उनको निधन भएको हो । पर्दामा सबैलाई हँसाउने अजय आज सबैभन्दा धेरै रोएका छन् । आफ्नै पिताको लाशलाई काँधमा बोक्नुपर्दा कुन सन्तानको मुटु नचुडिएला, आँखा ओभानो होलान र ?
यसैबिच अजयका पितालाई अन्तिम श्रदन्जली दिनको लागी बलिउडका प्राय जसो सबै कलाकार निर्देशक निर्माता उपस्थित भएका थिए । कलाकारहरुमा साहरुख खान, एश्वर्या राय बच्चन, अभिसेक बच्चन, सन्नी देवल, सन्जय दत्त लगायत अन्तिम श्रदान्जली अर्पण गर्न र सोक सन्तप्त परिवारमा समबेदना व्यक्त गर्न जय निवास पुगेका थिए । प्राप्त खबरका अनुसार विरु खाना खाँदै गर्दा अचानक लडेका थिए तत्काल काजोल (बुहारी) ले उनलाई अस्पताल लिएर त गईन तर बचाउन सकिनन् । त्यती बेला जय चलचित्र ‘में तानाजी’ को सुटिङ्गमा व्यस्त थिए ।