बलिउड स्टार सलमान खान ५३ वर्षको उमेर पुगिसक्दा पनि अविवाहित छन् । समय समयमा बिभिन्न नायिकाहरु सँग अफेयर चलेता पनि त्यो प्रेमले विवाहको रुप लिन सकेको छैन । बलिउडमा उनको विवाहको बारेमा सधैँ चर्चा हुने गर्दछ तर ति हल्लाहरु हल्लामै सिमित हुने गर्छन् । हाल चलचित्र भारतको प्रमोसनमा व्यस्त सलमानले प्रचारप्रसारको क्रममा विवाहको बारेमा पनि बोलेका छन् । उनि भन्छन् ,विवाहको लागी आजसम्म मलाई कुनै केटिले प्रपोज नै गरेको छैन । चलचित्र भारतमा कट्रीनासँग स्क्रीन सेयर गरेका  सलमानलाई कट्रीनाले चलचित्रमा विवाहको प्रस्ताब राखेकी छिन् यसै प्रसङ्ग लाई आधार मान्दै उनलाई सोधिएकी प्रश्नमा आफुले कहिले पनि प्रेमीकालाई क्यान्डल लाईट डिनरमा नलगेको र सायद लगेको भए विवाहको प्रस्ताब आउँथ्यो कि भन्छन् । यसका साथै रमाइलो तरिकाले उसो त म क्यान्डल लाईट डिनरमा खाना देख्दिनँ भनि कुरा मोडेका छन् ।