चलचित्रको सङ्ख्यालाई भन्दा स्क्रीप्टलाई मान्यता दिने ब्याक टु ब्याक बलिउड ब्लकबस्टर स्टार आयुष्मान खुरानाको नयाँ चलचित्र 'आर्टिकल १५'को टीजर सार्वजनिक भएको छ । सोमबार युट्युबमा सार्वजनिक भएको टीजरमा आयुष्मान पुलिसको भूमिकामा देखिएका छन् । अभिनव सिन्हाले निर्देशन गरेको 'आर्टिकल १५' सत्य घटनामा आधारित भएको भनिएको छ ।यसैगरी भारतको संविधानले धारा १५मा दिएको अधिकार त्यसको कानुनी प्रायोजन कसरी भएको छ भन्ने विषयलाई चलचित्रले प्राथमिकता दिएको बुझिएको छ । उत्तरप्रदेश को बदायूमा भएको बलत्कार तथा हत्या को घटनामा चलचित्र आधारित छ ।

दुइ दलित बालिकाको सामुहिक बलत्कारपछी गरिएको हत्या पछी यस विषयलाई लिएर विश्वभर तरङ्ग फैलिएको थियो । घटना २७ मे का दिन भएको यस घटनालाई सम्झिँदै चलचित्र निर्माण पक्षले टिजर पनि २७ मे कै दिन रिलिज गरेको हो ।