बलिउड चलचित्र ‘केजीएफ’ च्याप्टर १ को अपार सफलतापछी यसका मेकर्सले 'केजिएफ च्याप्टर २' को निर्माण गर्ने भएका छन् । नविन कुमार गोदा उर्फ यश स्टारर 'केजिएफ'ले बक्साफिसमा बम्पर कमाइ गरेपछी च्याप्टर २ को लागी ठुलो योजना सहित टिम अघि बढेको हो । यसैबिच चलचित्रमा अभिनेत्री रवीना टण्डनलाई कास्ट गरिएको छ । रवीनाले भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाउने भनिए पनि उनको भूमिकाबारे थप केहि खुलाईएको छैन । ठूलो बजेटमा निर्माण हुने यस पीरियड ड्रामालाई प्रशान्त नीलले निर्देशन गरिरहेका छन् । यशको अभिनयले निकै प्रशंसा पाएको चलचित्रमा रविनासँगै सन्जय दत्तको नाम पनि बाहिरिएको छ तर उनको भूमिका र अनुबन्धित भैसकेको बारे कुनै खुलासा गरिएको छैन । च्याप्टर १ बाट राम्रो स्टार्डम कमाएका यशलाई फेरी च्याप्टर २ मा हेर्न उनका फ्यानहरु ब्यग्र प्रतिक्षा गरिरहेका छन् ।