नेता शुभाषचन्द्र बोसको जिवनमा आधारित चलचित्र 'गुमनामी' को छयाङ्कन सुरु भएको छ । नेशनल अवार्ड विजेता श्रीजित मुखर्जीको निर्देशनमा बन्ने चलचित्रमा जमानाका बंगाली हिरो प्रोसेनजीत चैटर्जीको प्रमुख भूमिका रहने छ । नेता शुभाषचन्द्रको मृत्यु आजसम्म पनि विवादास्पद रहेको छ । बिमान दुर्घटनामा मृत्यु भएका कारण पनि कुनै सबुत आजसम्म पनि पत्ता लागेको छैन । तर १९८५मा एक गुमनाम बाबाको मृत्यु भएपछी प्रकाशमा आएका चिठ्ठी र खबर अनुसार शुभाषचन्द्र तीनऐ बाबाको भेषमा गुमनाम भएर बसेको आशंका गरिन्छ । यसै विषयमा आधारित रहेर चलचित्र 'गुमनामी ' निर्माण हुन लागेको हो । निर्देशक मुखर्जीले एक तस्विर सार्वजनिक गर्दै चलचित्रको छयाङ्कन सुरु भएको जानकारी दिएका हुन् ।