१९८७ को ब्लकबस्टर चलचित्र 'मिस्टर इंडिया'को रिमेक हुने जानकारी बोनी कपूरले दिएका छन् । अभिनेत्री श्री देवीको मृत्युको एक वर्षपछी श्री देवीको मृत्युपछी चलचित्र पुन: निर्माण गर्नुका पछाडी धेरै कारण भएको जानकारी दिँदै पहिले चलचित्रको रिमेक गरिने र त्यसपश्चात सिक्वेल निर्माण गरिने निर्माता बोनी कपुरले बताएका छन् । ३२ वर्ष पहिले ४ करोड भारु लगानी गरेको चलचित्रमा ग्ल्यामर नायिकाको रुपमा त्यसअघि चिनिएकी श्री देवी, अनिल कपुर, अमरीश पुरी लगायत एकसे एक कलाकार अभिनित थिए । ओरिजिनल भर्जनमा शेखर कपुरको निर्देशन रहेको थियो भने रिमेकमा पनि उनले समय दिएमा चलचित्रको हिस्सा बनाउने निर्माता बोनीले बताए ।