बलिउड एक्सन थ्रिलर चलचित्र 'इन्डियाज मोस्ट वान्टेड' को ट्रेलर रिलिजसँगै दर्शकमा एक प्रकारको कतुहलता छाएको थियो । चलचित्रको अधिकांश दृश्य नेपालमा सुटिङ गरिएको भएकैले पनि नेपाली दर्शकहाँरु यस चलचित्रको प्रतिक्षामा थिए । अचम्मको कुरा त चलचित्र रिलिज भएको आज एक साता पूरा भइसक्दा पनि नेपालका हल हरुमा चलचित्र लागेको छैन । अल इन्डिया रिलिजकै दिन नेपालका हलहरुमा लाग्ने परम्परा छ । तर नेपाल मै छायाङ्कन गरिएको अनि नेपाली कलाकारहरु समेत समेटिएका 'इन्डियाज मोस्ट वान्टेड' न डिस्ट्रिब्युटरले चलचित्रको प्रोडक्सन तथा डिस्ट्रिब्युसन कम्पनी फक्स स्टार स्टुडियो र नेपाली वितरकबीच कुरा नमिलेको भन्दै चलचित्र नेपालमा भित्र्याएन । पैसाको कुरा मिलेन त्यसैले नकिनेको वितरक मनोज राठीले बताएका छन् । अर्जुन कपुर स्टारर चलचित्र नेपालमा प्रदर्शन हुने नहुने बारे अझै निश्चित भैसकेको छैन ।