पछिल्लो समय नेपाली कलाकारहरु विश्वमसामु आफ्नो कला र क्षमता देखाउन सफल भैरहेका छन् र सफलताका साथ नाम इज्जत र सुनौलो भविष्य पनि बनाउन सफल भएका छन् । कला त्यस्तो चिज हो जसको न भाषा हुन्छ न देश हुन्छ न परिवेश यो त भावनासँग जोडिएको हुन्छ र उसै गरी मन मनमा बस्न सफल हुन्छ । यही भनाइ चरितार्थ गर्दै भारतीय टेलिभिजन 'जी टिभी'को रियालिटी सो 'सारेगमपा लिटल च्याम्प्स' को २०१९ संस्करणका सहभागी नेपाली बाल प्रतिभा आयुष के.सी र प्रितम आचार्य टप ९लाई उछिन्दै फाइनलमा पुग्न सफल भएका छन् । उनीहरुसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले फाइनलमा स्थान पक्का गरेका छन् जसको अन्तिम नतिजा आगामी शनिबारको प्रस्तुतीबाट निर्धारण हुनेछ।
सेमीफाइनलको प्रस्तुतीमा प्रितमले सलमान खान र ऐश्वर्या राय अभिनीत चलचित्र ‘हम दिल दे चुके सनम’ बाट ‘तड़प तड़प के इस दिलमे’ भन्ने गीत गाएका थिए भने आयुष ले ‘क्रिमिनल’को ‘तुम मिले दील खिले’ भन्ने गीत गाएका थिए । जसको प्रशंसा गर्दै जुरी मेम्बरले दुवैलाई स्टेजमा पुगि उचालेका थिए । सिन्धुपाल्चोकका आयुष अगिले भक्तपुरको मोर्डन बोर्डिङ्ग स्कुलमा अध्ययनरत छन् भने सुनसरी, इटहरीका प्रितम आचार्य त्यहाँको विश्व आदर्श स्कूलमा अध्ययनरत छन् । यतिबेला दुबै यसै रियालिटी सोको लागी भारतमा छन् ।