पछिल्लो समय अभिनयमा ज्यान दिन सक्ने र जुन सुकै हर्कत पनि अपनाउन सक्ने अभिनेताका रुपमा चिनिएका बलिउड अभिनेता आयुष्मान खुराना यतीबेला चलचित्र 'आर्टिकल १५'को तयारीमा छन् । यस चलचित्रमा उनले एक सच्चा पुलिस अफिसरको भूमिका निभएका छन् जसको लागी उनले आफ्नो पुलिसवाला हर्कत आफ्नै साथी आईपीएस मनोज मालवीयबाट सिको गरेको कुरा खुलाएका छन् । आयुष्मानका अनुसार मनोजको बडी ल्याङ्वेज सम्झिँदै उनले अभिनय गरेका छन् । आइपिएस् अफिसरसँग भेटेर उनको दिनचर्या, उनले सेलुट गर्ने तरिका समेत अपनाएको जानकारी दिएका छन् । उनि भन्छन्, 'मैले कसैको नक्कल नगरेर असल प्रेरणा लिन खोजेको हुँ' । अनुभव सिन्हाको यस चलचित्रको ट्रेलर सार्वजनिक भैसकेको छ र दर्शकले आयुष्मानको पुलिसवाला अवतारको प्रशंसा पनि गरिरहेका छन् । सत्य घटनामा आधारित भनिएको चलचित्र लण्डन इन्डियन फिल्म फेस्टिभलको १०औँ संस्करणमा वर्ल्ड  प्रीमियरको तयारी गरिरहेको छ । चलचित्र २८ जुनमा रिलिज हुँदै छ ।