सन् २०१२ मा रिलिज भएको अक्षय कुमार अभिनित सफल चलचित्र 'राउडी राठोर'को दोस्रो भाग बन्ने भएको छ । प्रोड्यूसर शबीना खानले आफुहरु राउडी राठोरको सिक्वेलको स्क्रीप्टमा काम गरिरहेको र भागवानले चाहेमा अक्षय कुमार नै लिड रोलमा हुनसक्छन् भनेकी छिन् । निर्माण पक्षले निकालेको एक रिपोर्टमा चलचित्र अर्को वर्ष चलचित्र फ्लोरमा जान सक्ने जनाइएको छ । 'राउडी राठोर'मा अक्षयले डबल रोल निभाएका थिए जसमा उनि पुलिस इंस्पेक्टर विक्रम सिंह राठोर र चोर शिवा बनेका थिए । यतिबेला भने अक्षय 'सूर्यवंशी'को सुटिङमा व्यस्त छन् ।