पछिल्लो समयकी बलिउड कि हट अनि लोकप्रिय गायिका नेहा ककर नेपाल आएकी छिन् । सनिबार आयोजना हुने कन्सर्टको लागी नेहा शुक्रबार नेपाल आइपुगेकी हुन् । नेहाले काठमाण्डौको एल ओडि क्लबमा आयोजना हुने लाईभ कन्सर्टमा आफ्नो प्रस्तुती दिँदै छिन् । नेपालमा नेहाका फ्यानहरु लाखौँको सङ्ख्यामा रहेका छन् । उनि पहिलो पटक नेपालमा कन्सर्टमा प्रस्तुती दिँदै छिन् । बेलुकीको सात बजेदेखी एल ओडि क्लबमा सुरु हुने कन्सर्टका लागी अन्तिम तयारी भैसकेको छ । कभर गीतहरुबाट चर्चाको शिखरमा पुगेकी नेहा यती बेला अन्त्यन्तै व्यस्त गायिका बनेकी छिन् ।

कन्सर्टको लागी 'नेहा ककर' नेपालमा

उनले आवाज भरेका गीतहरु करोडौँ पटक हेरिन्छ भने उनका फ्यानहरु उनको जिवनको भोगाइ र उनले पाएको सफलताको सधैँ सरहानिय गर्छन् । सन् २००६मा 'इन्डियन आइडल'को दोस्रो सिजनमा सहभागिता जनाएकी नेहा सोही रियालिटी सोको १०औँ संस्करणमा जज बनेर भित्रीएकी थिइन् । उनको व्यक्तित्व र सघंर्षको जानकार जो कोहिले प्रशंसा गर्ने गर्छन् ।