बलिउड स्टार सलमान खान यस्ता कलाकार हुन् जो आफुलाई जस्तो भूमिकामा पनि फिट गर्न सक्छन् । प्रेमिकाको बिछोडमा होस गुमाएको प्रेमी होस् या कर्तब्य निष्ठा नागरिक, अझ चुलबुले बैँशमा रमाउने युवा मन होस् या जिन्दगीलाई सबै तिरबाट भोगिसकेको भुक्त भोगी, यि सब भूमिकामा आफुलाई ढाल्न सक्ने प्रमाणित गरिसकेका छन् । यती बेला बलिउडका यिनै भर्साटायल स्टार अभिनित चलचित्र 'भारत'ले हङ्गामा मच्चाइरहेको छ । क्सअफिसमा बम्पर ओपनिङ गरेको यस चलचित्र प्रदर्शनको चौथो दिनमा सय करोड क्लबमा प्रवेश गरेको छ । अलि अब्बास जफरको निर्देशनमा निर्माण भएको भारत सलमानको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ गर्ने चलचित्र बन्न पुगेको छ ।
पहिलो दिन ४२ करोड ३० लाखको ओपनिङ गरेको थियो भने दोस्रो दिन ३१ करोड र तेस्रो दिन २२ करोड २० लाखको व्यापार गरेको थियो । चौथो दिन पनि चलचित्रले बक्सअफिसमा आफ्नो दबदबा कायम राख्दै २६ करोड ७० लाखको कारोबार गर्न सफल भयो । प्रदर्शनको पाँचौ दिन आइतबार भारतले २७.९० करोड कमाउँदै कुल १५० करोड माथी हात पारिसकेको छ ।यसैगरी बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार सोमबार छैटौँ दिन पनि चलचित्रले उत्साहजनक दर्शकको उपस्थिती पाएको छ । भारतसँगै सलमानका १४ वटा चलचित्रले बक्सअफिसमा एक सय करोड कमाएका छन् । समिक्षकले ‘भारत’लाई सलमानको उत्कृष्ट सिनेमा मध्येको एक बताएका छन् भने दर्शकले मिश्रीत प्रतिकृया दिएका छन् । चलचित्रमा सलमान, कटरीनाका साथमा दिशा पाटनी, सुनील ग्रोवर, नोरा फतेही, ज्याकी श्राफ र सोनाली कुलकर्णीको मुख्य भूमिका रहेको छ ।