लामो समयदेखि अस्वस्थ भारतीय अभिनेता तथा निर्देशक गिरीश कर्नाडको सोमबार निधन भएको छ । ८१ वर्षका कर्नाडको बिहान साढे आठ बजे बैगलोरमा ‘पल्टिपल अर्गान फेलियर' भएका कारण देहावसान भएको भारतीय मिडियाले जनाएका छन् । ६ दशक लामो समयसम्म भारतीय साहित्य, चलचित्र लेखन तथा निर्देशन तथा अभिनयमा बिताएका उनले भारतका ठुला सम्मान पद्म श्री र पद्मभुषा पुरस्कार प्राप्त गरेका छन् । उनको निधन पछि कर्नाटक सरकारले तीन दिनको राजकीय शोकको घोषणा गरेको छ। कर्नाटकका मुख्यमन्त्री एच डी कुमारास्वामीले उनको निधनमा शोक व्यक्त गर्दै एक दिन सार्वजनिक बिदाको घोषणा गरेको बताइएको छ । सन १९७१ मा चलचित्र ‘भस्म ब्रिक्रक्षय’ मार्फत चलचित्र क्षेत्रमा डेब्यु गरेका उनले डेब्यु चलचित्रबाट नै ३ वटा फिल्म फेयर अवार्ड हात पार्न सफल भएका थिए। उनले गोधुली, काडु, वो घर, उत्सव, डिआर बेन्द्रेलगायत थुप्रै सफल चलचित्रहरूमा अभिनय गरेका छन्।
त्यस्तै उनले चलचित्र 'आई' लागि राष्ट्रिय पुरस्कार प्राप्त गरेका गिरीशले भारतको प्रतिष्ठित साहित्यिक सम्मान ज्ञान पीठ सम्मान पनि प्राप्त गरेका थिए। कर्नाडको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्। उनको निधनपछि भारतका प्र प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै उनीसँगै उनको कलामार्फत सबैको स्मरणमा रहिरहने बताएका छन्। भारतीय मिडियाका अनुसार कर्नाडको आजै अन्तिम संस्कार गरिने छ ।