रणवीर सिंह र दीपिका पादुकोणको जोडी स्क्रीनमा सबैभन्दा बढी रुचाइएको जोडी मध्य एक हो । राम लीला, बाजिराओ मस्तानी, पध्मावत लगायत चलचित्रबाट आफूलाई अब्बल जोडीको रूपमा स्थापित गरेका पहिलेका अन्स्क्रीन जोडी अहिलेका रियल लाइफ जोडी समेत बनिसकेका छन् । यही जोडीको मिलन पछि पुन: एकसाथ काम गरेको हेर्न पर्खेर बसेका दर्शक/फ्यान फलोअर्सका लागी आफ्नो वैवाहिक जीवन पछिको पहिलो चलचित्र ‘८३’ लिएर आउँदै छन् । चलचित्र २०२०को अप्रिल १० मा रिलिज हुने भनिएको छ । १९८३ मा भारतले विश्वकप जितेको सत्य कथामा आधारित यस चलचित्रको छायाङ्कनको लागी दीपिका लन्डनमा छिन् । चलचित्रमा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निभाउँदै छन् भने दीपिका कपिल देवकी पत्नीको । कबिर खानको निर्देशनमा बन्ने चलचित्रमा रणवीर र दीपिकाका साथमा एमी विर्क, ताहिर राज भसिन, साकिब सलिम, साहिल खट्टर, चिराग पाटिल, हार्डी संधू लगायत कलाकारको अभिनय रहने छ ।