‘बाहुबली’ अभिनेता प्रभासको पछिल्लो प्रतीक्षित चलचित्र 'साहो' को टिजर सार्वजनिक भएको छ । एक्सन चलचित्र 'साहो'मा प्रभासले निभाएको भूमिका र मेकिङका क्रममा उनले गरेको ट्रान्सफर्मेसनलाई लिएर धेरै अघिदेखि चर्चा चलिरहेको छ । सार्वजनिक टिजरमा प्रभासलाइ कुल र एक्सन अवतारमा प्रस्तुत गरिएको छ भने एक्सन र मेकिङ को केमेस्ट्री सुन्दर लाग्छ । एक्सन जनराको साहो भारतको स्वतन्त्रता दिवसको (१५ अगस्ट)अवसर पारेर प्रदर्शनमा आउँदै छ । सुजीतको लेखन र निर्देशन रहेको यस चलचित्रको एक्सन निर्देशन केनी बेट्सले गरेका हुन् । उनले इम्पोसिबल र ट्रान्सफर्मर जस्ता हलिउड चलचित्रमा काम गरिसकेका छन् । चलचित्रमा प्रभासका साथमा श्रद्धा कपुर, ज्याक्की स्रोफ, भेनेला किशोर लगायत कलाकारको मुख्य भूमिका रहेको छ । बाहुबलीबाट आफ्नो छुट्टै हाइप बनाउन सफल प्रभासको यो अवतारलाई पनि दर्शकले मन पराउने टिजरबाट अनुमान गर्न सकिन्छ ।