अमिताभ बच्चन यस्ता महानायक हुन् जसको न कुनै व्यक्तिगत कुरामा खोट लगाउने ठाउँ छ न उनले गर्ने अभिनयमा । उनको व्यवहार, अरूप्रति देखाउने सद्भाव र प्रेम अनि जिम्मेवारी आजका सबै मान्छेले अनुसरण गर्नु पर्ने खालका छन् । झट्ट हेर्दा अदभ अनि कठोर व्यक्तित्व देखिए पनि उनिभित्र त्यस्तो मानव छ जसले केवल अरूको दुख देख्न सक्दैन, अरू रोएको सहन सक्दैन र आफू मात्र बाँचे पुग्छ भन्दैन । यति बेला यिनै बलिउड अभिनेता अमिताभ बच्चनले भारतको विहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन्। यस अघि उनले उत्तर प्रदेश राज्यका १ हजारबढि किसानको ऋण चुक्ता गरिदिएका थिए, यस्तै महाराष्ट्रका ३५० किसानको पनि ऋण तिरिदिएका थिए । ऋण बाँकी रहेका विहारका किसानमध्येबाट छानेर सहयोग गरेका उनले 'एउटा अर्को वचन पूरा गरेँ भनी आफ्नो ब्लगमा लेखेका छन्। साथै देशको लागि पुलुवामामा ज्यान अर्पण गर्ने सैनिकका परिवार तथा पत्नीहरूलाई आर्थिक सहयोग गरी 'एउटा अर्को वचन पूरा गर्नु छ भनेका छन् ।