नेपाली मुलका बलिउडका ख्याती प्राप्त गायक उदित नारायण झाका सुपुत्र गायक, अभिनेता आदित्य नारायण झा कन्सर्टका लागि नेपाल आउने भएका छन् । केहि वर्ष अघि पोखरामा कन्सर्टका लागि आएका आदित्य यो पटक काठमाण्डौमा कन्सर्टका लागी आउन लागेका हुन् । जुलाईको पहिलो साता आदित्य राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुने छन् । बलिउडमा गायनसँगै अभिनय र होस्टको रुपमा स्थापित भएका आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरिसकेका छन् । ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले बलिउडसँगै नेपालका हिट गीत प्रस्तुत गर्नेछन् । क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रम आदित्यको डिमाण्डकै आधारमा आयोजना गर्ने तयारिमा लागेको क्लब फरेनहाइटले जनाएको छ ।