अक्षय कुमार स्टारर चलचित्र 'सूर्यवंशी' २०२०को इदमा रिलिज हुने भनिएको थियो । यही डेटमा सलमान खानको ‘इन्शाअल्लाह’ पनि रिलिज गर्ने भनिएको थियो । दुई ठुला ब्यानरका प्रतीक्षित चलचित्र एक साथ, एकै दिन रिलिज हुनु चलचित्रका निर्मातालाई घाटा हुनु त हो नै दर्शकको लागी पनि दोधार सृजना हुनु हो । यसै कुरालाई मध्यनजर गर्दै ‘सूर्यवंशी’ निर्देशक रोहित सेट्टी र सलमान खान बिच आपसी समझदारीमा सुर्यवंशीले इदको दुई महिना अघि प्रदर्शनको मिति सारेको छ । आफ्नो अनुरोध स्वीकार गरेका रोहित आफूलाई सधैँ दाइ समान लाग्ने भन्दै २७ मार्चमा सुर्यवंशी रिलिज हुने जानकारी सलमानले आफ्नो ट्विटरमा राखे । यो सँगै अक्षयका फ्यानहरू भने सलमानसँग भड्किएका छन् । बरु सलमानको इन्साअल्ला लाई पछाडि वा अगाडी गरिनु पर्ने तर सुर्यवंशीलाई भने तोकेकै डेटमा रिलिज गर्न दिइनुपर्ने भन्दै निर्देशक सेट्टीसँग पनि दर्शक हरू असन्तुष्ट देखिन्छन् । अक्षय कुमारको उपस्थिति र सल्लाह बिनै सेट्टिले यती ठुलो निर्णय लिएको भनी ट्विटरमा 'सेम अन रोहित सेट्टी' लाई ट्रेन्डिङमा ल्याइरहेका छन् ।