आमिर खान र करीना कपुरको जोडिलाई दर्शकले चलचित्र 'थ्री इडियटमा' खुब रुचाए । उसो त बलिउडका मिस्टर पर्फेक्सनिस्टको उपाधि पाएका आमिरले काम गरेको जोडी सफल नहुने त कुरै भएन । सङ्ख्यात्मक रूपमा कम काम गर्ने तर काम गरेपछी पछाडि फर्केर हेर्नु नपर्ने काम गर्ने आमिर यति बेला आफ्नो आउँदो चलचित्र ‘लाल सिंह चड्ढा'को लागी तयारीमा छन् । चलचित्र निर्माणको खबरसँगै आमिरसँग स्क्रीन सेयर गर्ने जोडी को होला भन्ने कौतुहलता बढेको थियो । यसै कौतुहलतालाई फुकाउँदै चलचित्रकी नायिकाको नाम सार्वजनिक गरिएको छ । उनी अरू कोही नभएर उही 'थ्री इडियट' जोडी करीना कपुर हुन् । चलचित्रमा करीना आमिरको श्रीमतीको भूमिकामा प्रस्तुत हुन सक्नेछिन् जुन निकै महत्त्वपूर्ण रहेको बताइएको छ । यद्यपि करीनाको इन्ट्री र उनको भूमिकाको बारेमा आमिरले कुनै आधिकारिक जानकारी दिएका छैनन् । यस चलचित्र हलिउडको अस्कार अवार्ड विजेता चलचित्र 'फरेस्ट ग्याम्प'को हिन्दी रिमेक हो जसमा टम ह्याक्सको मुख्य भूमिका रहेको थियो ।