केही समय अघि आफ्ना प्रेमी रणवीर सिंहसँग वैवाहिक सम्बन्धमा बाँधिएकी बलिउडकी हट, सुन्दर र बोल्ड नायिका दीपिका पादुकोण हरेक हिसाबले पछिल्लो समयकी बलिउडकै एक नम्बर नायिकाको रूपमा गनिन्छिन् । सुन्दरता, अभिनय र ग्ल्यामर कुनै किसिमले कमी नदेखिने दीपिका विश्वका सुन्दर महिलाको सूचीको नम्बर एकमा परेकी छिन्। 'अब्जर्भर डन' मा हालै प्रकाशित समाचार अनुसार विश्वकै सुन्दरी मानिने हलिउड नायिकाहरू स्कारलेट जोनसन, एन्जेलिना जोली, बेयोन्सेलाई समेत पछि पार्दै दीपिका अग्र स्थानमा पुगेकी हुन् । दीपिका शारीरिक हिसाबले मात्र सुन्दर नभएर वैचारिक र व्यवहारिक रूपमा पनि सुन्दर रहेको र त्यसैको प्रभाव उनको काम र शरीरमा परेको अब्जर्भर समीक्षा गरेको छ । यति बेला दीपिका आफ्नो वैवाहिक जीवन पछिको पहिलो चलचित्र ‘८३’को लागी छायाकंनमा छिन् ।