बलिउड अभिनेत्री तनुश्री दत्ताले गएको वर्ष नाना पाटेकरमाथि सन् २००९ को चलचित्र 'हर्न ओके'को आइटम गीतको छायाङ्कनका क्रममा गलत तरिकाले छोएको भन्दै यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । यसै विषयलाई लिएर नानामाथि उनले उजुरी नै दर्ता गराएकी थिइन् तर प्रहरीले तनुश्रीको आरोप गलत साबित गर्दै कुनै प्रमाण नभेटिएको भन्दै नानालाई ‘क्लीन चिट’ दिइएको थियो । यो कदमले आफूलाई अन्यायमा पारेको भनी तनुश्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग मागेकी छिन् । उनले ‘कसरी एउटा यौन हिंसा गर्ने व्यक्ति सडकमा निर्धक्क हिँड्न सक्छ जबकि हाम्रो प्रधानमन्त्रीको उद्देश्य नै भ्रष्टाचार मुक्त समाज छ ।’ भन्दै प्रश्न समेत गरेकी छिन् ।