बलिउड तथा हलिउड चलचित्रका दर्शक र कलाकारका फ्यानहरूलाई म्याडम तुसाद कुनै नौलो नाम होइन । यो म्युजियम यस्तो ठाउँ हो बलिउड र हलिउडका चर्चित कलाकारको मैनको स्ट्याच्यू छ । म्युजियम पुग्ने जो कोही आफ्ना मन पर्ने कलाकारसँग फोटो खिच्न उद्धत देखिन्छन् । पर्यटकीय हिसाबले आकर्षणको केन्द्र यहाँ बलिउडका कलाकारको पनि मैन को स्ट्याच्यू छ । यसैबिच मङ्गलवार लन्डनको म्याडम तुसादमा बलिउडकी चर्चित नायिका प्रियंका चोपडाको स्ट्याच्यू राखिएको छ । गोल्ड गाउनमा तयार पारिएको यस मूर्ती हेर्दा लाग्छ प्रियंका स्वयं त्यहाँ उभिएकी छिन् । यो मुर्ती राल्फ लौरेनले सन २०१७को गोल्डन ग्लोब अवार्डको प्रियंकाको लुक बाट प्रभावित भएर बनाएका हुन् । ३६ वर्षीय प्रियंका हलिउडमा इन्ट्री गरेसँगै विश्व भर उनका प्रशंसक बढिरहेका छन् । म्याडम तुसादका अन्य देशका म्युजियमहरूमा पहिल्यैदेखी उनका मूर्तीहरू राखिएका छन् ।