बलिउड अभिनेत्री सुस्मिता सेनको प्रेम सम्बन्धले बेला बेला बलिउड मिडिया तताउने गरेको छ । अहिलेसम्म ११ प्रेमीसँग डेट गरिसकेकी उनी यति बेला आफूभन्दा १६ वर्ष कान्छा रोहमनसँगको प्रेम सम्बन्धमा छिन् । केही समय पहिला सुष्मिताको भाइ राजीव सेन र चारु आसोपाको विवाहमा एक साथ देखिएको यो जोडी को पछिल्लो समय ब्रेक अप भएको हल्लाले बजार तताइरहेको थियो । यस विषयमा मौन बसेका यी दुईको एकसाथ वर्क आउट गरेको तस्बिर सुस्मिता आफैले सार्वजनिक गरेकी छिन् । जुन तस्बिरले हल्लालाई गुमसुम बनाइदिएको छ । तस्बिर सार्वजनिक गर्दै सुस्मिताले क्याप्सनमा लेखेकी छन् ‘केटो दयालु छ, केटी मतलबी, आइ लभ यु रोहमन।’ आफ्नो प्रेम अझै उस्तै छ भन्ने मनसायले राखेको तस्बिरले बजारको हल्ला गलत भएको पुष्टि गरेको छ । रोहमनले इन्स्टाग्राम अकाउन्टको स्टोरीमा प्रेम सम्बन्धित स्टाटस लेखे पछि उनीहरूको ब्रेक अप भएको हल्ला फैलिएको थियो ।