अक्षय कुमार स्टारर बलिउड फिल्म 'मिसन मङ्गल'को ट्रेलर सार्वजनिक भएको छ । जगन शक्तिले निर्देशन गरेको फिल्म एक सत्य घटनामा आधारित भएको बताइएको छ । 'मिसन मङ्गल'मा भारतका दुई स्पेस साइन्टिस्ट राकेश धवन (अक्षय कुमार), तारा शिंदे (विद्या बालन) र टिमले कसरी पहिलो प्रयासमा नै सैटेलाइटलाई मङ्गल ग्रहमा पठाउन सफल भए भन्ने देखाइएको छ । अक्षयले ट्रेलरको बारेमा सामाजिक सञ्जालमा लेखेका छन् कि , यो कुनै कहानी मात्र नभएर एक मिसाल हो जसले असम्भव सपनालाई भारतले सम्भव बनाएको थियो' । बलिउड मिडियाले लेखे अनुसार स्पेस साइन्सको बारेमा बनेको यो पहिलो बलिउड चलचित्र हो ।
चलचित्रमा तापसी पन्नू, विद्या बालन, शरमन जोशी, कीर्ति कुल्हारी, सोनाक्षी सिन्हा, नित्या मेननलगायतको अभिनय रहेको छ । 'मिसन मङ्गल' १५ अगस्टमा प्रदर्शनआमाअ आउँदै छ । त्यसै दिन बलिउडको अर्को प्रतीक्षित चलचित्र 'साहो' पनि रिलिज हुँदै छ ।