यति बेला बलिउड मिडिया करण जोहरको घरमा आयोजना गरिएको पार्टीमा कलाकारले ड्रग्स लिएको भन्ने कुराले तातेको छ । पार्टीमा आफ्नो घर पुगेका कलाकारको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका करण जोहरको भिडियो भाइरल भइरहेको छ । पार्टीमा दीपिका पादुकोण, मलाइका अरोरा, अर्जुन कपुर, शाहिद कपुर, रणवीर कपुर, वरुण धवन लगायत कलाकार उपस्थित थिए । भिडियो सार्वजनिक भए लगत्तै उनीहरूले ड्रग्स सेवन गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । भिडियोलाई लाखौँले सेयर गर्दै, उक्त भिडियोलाई आधार मानेर आलोचना भइरहेको छ ।
यसैबिच राजनीतिज्ञ मिलिन्दा डोगराले विधेयक मजिन्दर सिरसाले शेयर गरेको भिडियो प्रतिको आलोचनाको खण्डन गर्दै उक्त पार्टीमा आफ्नी पत्नी प्रोड्युसर पूजा सेट्टी समेत उपस्थित भएको र कुनै पनि कलाकारले ड्रग्स सेवन नगरेको भनेका छन् । करण जोहरले आयोजना गर्ने यस्ता पार्टीहरूलाई लिएर विभिन्न यस अघि पनि विवाद हुँदै आएका छन् । यति बेला करण आफ्नो आगामी चलचित्र 'तख्त'को तयारीमा छन् ।