केही समय अघि भारतको चर्चित सो द कपिल शर्मा शोमा कलाकार चन्दन प्रभाकर अर्थात् चन्दु चायवाला फर्किएका छन् । शो कै अर्का कलाकार सुनील ग्रोवरलाई रक्सीको मातमा कपिलले कुटपिट गरेको कारण उनीसँगै चन्दन शोबाट बाहिरिएका थिए ।
तर, अहिले आएर उनले फेरि कपिलसँगै फर्किने निर्णय गरेका हुन्। चन्दन कपिलका बाल्यकाल देखिका साथी हुन् ।
चन्दु फर्किने खुलासा कपिलको शो का अर्का कलाकार किकु सरदले गरेका छन्। ट्विटरमा यो समाचार दिँदै उनले कपिल र चन्दुको फोटो पनि सार्वजनिक गरेका छन्।