बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र 'ट्युबलाइट' यति बेला हलहरुमा प्रदर्शन भइरहेको छ । बक्स अफिसको साथै समिक्षकको पनि राम्रो साथ नपाएको ट्युबलाइटमा सलमानले मानसिक सन्तुलन कम भएको युवकको भूमिकामा देखिएका थिए । चलचित्र सम्बन्धी एक कार्यक्रममा सलमानले आफूले गरेको भूमिका अरू कुनै नायकले गर्ने नसक्ने दाबी गरेका छन् । उनले चाहे त्यो आमिर खान होस या अक्षय कुमार कसैले लक्ष्मणको भूमिका गर्न नसक्ने बताएका छन् ।

 सलमानले उक्त अन्तवार्तामा आमिरले यस्तो प्रकारको भूमिका निर्वाह गर्ने सक्दैनन , तर उनी राम्रा कलाकार हुन भनेका थिए । कबिर खानको निर्देशनमा बनेको चलचित्र ट्युबलाइट शुक्रवारबाट प्रदर्शन भएको थियो ।