सोनम कपुर र डुल्कुएर सलमान अभिनीत बलिउड चलचित्र 'द जोया फ्याक्टर'को ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री सोनमले आफ्नो ट्विटरमार्फत अनुजा चौहानको किताब 'द जोया फ्याक्टर' मा आधारित यस चलचित्रको ट्रेलर रिलिज घोषणा गरेकी हुन् । एड्भर्टाइजिङ कम्पनीमा काम गर्ने जोया आफ्नो काम र जीवनसँग असन्तुष्ट छिन् र आफूलाई निकै अन लक्की मान्छिन् । उनै जोया पछि गएर क्रिकेटको लागी लक्की चार्म बन्न पुग्छिन् । तर उनी भारतले क्रिकेटमा विश्वकप जितेको दिन जन्मिएको भएर उनका बाबु उनलाई निकै भाग्यमानी ठान्छन् । यसैबिच उनको भेट एक क्रिकेट टिमसँग हुन्छ र कथाले अर्कै मोड लिन्छ । सेप्टेम्बर २०लाई रिलिज मिति तोकेको यस फिल्मलाई अभिषेक शर्माले निर्देशन गरेका हुन् ।