भारतका नेता सुभाष चन्द्र बोसको जीवनमा आधारित चलचित्र 'गुमनामी'को ट्रेलर सार्वजनिक भएको छ । श्रीजित मुखर्जीको निर्देशनमा बनेको यस चलचित्रले बोसा रहस्यमाया बेपत्ता हुनु र यसका विभिन्न आयामहरूलाई केलाएको छ । चलचित्रमा प्रोसेनजीत चैटर्जीले मुख्य भूमिका निभाएका छन् । सन् १९४५ को  प्लेन क्र्यासको पृष्ठभूमि देखी सुरु गरिएको ट्रेलरमा यस पछाडिको राजनीति र गुमनामी बाबा र नेता बोस प्लेन बाट भाग्दै गरेको देखाइएको छ । साथमा बोसको मृत्युसँग जोडिएका तथ्यहरु जोडिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै विवादमा तानिएको छ यद्यपि निर्देशका श्रीजितले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनबाट मन्जुरी लिएरै चलचित्र बनाएको र नेताजीलाई बदनामी गराउने कुनै नियत नभएको बताएका छन् ।