अनीश बज्मीको निर्देशनमा बनेको कमेडी चलचित्र 'पागलपन्ती'को ट्रेलर सार्वजनिक भएको छ । टिसिरिज, अभिशेख पाठक र कुमार मंगत पाठकको संयुक्त निर्माणमा बनेको चलचित्रको ट्रेलर मङ्गलवार इन्टरनेटमा सार्वजनिक गरिएको हो । तीन युवकको कथा बोकेको चलचित्रमा मुख्य भूमिकामा जोन अब्राहम, अर्शद वारसी र पुल्कित सम्राट मुख्य भूमिकामा रहेका छन् । नोभेम्बर २२ देखि प्रदर्शनमा आउने चलचित्र अनीश बज्मीको पटकथा रहेको छ । चलचित्रमा अनिल कपुर, इलियान डिक्रुज, कृति खर्बन्दा, उर्वशी रौतेला, सौरभ शुक्ला लगायतका कलाकारको समेत मुख्य भूमिका रहेको छ । साथमा चलचित्र तरण आदर्शको कथा रहेको छ ।