'दबंग'का अघिल्ला दुई सिरिजलाई दर्शकले अत्यधिक रुचाएका थिए । सलमानको दबंग स्टाईलाका फ्यानहरूलाई खुसीको खबर दिँदै नयाँ वर्षको अवसरमा रिलिज हुने ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार सार्वजनिक गरेको ट्रेलर एक्सन एक्सनले भरिपूर्ण रहेको छ भने सलमानको चुलबुल पाण्डे स्टाइल सदाबहार देख्न सकिन्छ । चलचित्रलाई प्रभु देवाले निर्देशन गरेका हुन् भने २० डिसेम्बरमा रिलिज हुँदैछ । चलचित्रमा सलमानका साथमा सोनाक्षी सिन्हा, सुदीप किच्चा, अरबाज खान, माही गिल लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ । यसमा सलमानकै कथा र पटकथा छ भने उनलाई पटकथामा प्रभु देवा, दिलीप शुक्ला र अलोक उपाध्यायले साथ दिएका छन् ।