पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ घाइते भएको खबर बाहिरिएसँगै मिडियामा विभिन्न प्रकारको समाचारहरु बाहिरिएको थियो । हाल लाहुरेको सुटिङमा व्यस्त रहेकी नायिका श्रेष्ठले सुसाइट गर्न लागेको खबर बाहिरिएको थियो । तर, श्रेष्ठका प्रेमी तथा अभिनेता सौगात मल्लले उक्त खबर झुठो भएको बताएका छन् । असार १७ गते शनिवार पुल्चोक अपार्टमेन्टमा दराज खसेर दाहिने हातमा चोट लागेको सौगातले जानकारी दिएका छन् । शनिवार सौगातको जन्मदिन मनाउनेक्रममा उक्त घटना घटेको उनले बताए ।

त्यस्तै चलचित्र ‘लाउरे’का निर्देशक निगम श्रेष्ठ र निर्माण टिम बिचको खटपट पछि निर्देशक श्रेष्ठ र सौगात मिलेर ‘लाउरे’को सुटिङ रोक्नलाई उक्त हल्ला फैलाइएको खबर बाहिरिएको थियो । यस विषयमा सौगातले चलचित्र रोक्नको लागी त्यस्तो काम नगरेको बताएका छन् । सौगातले लाउरे निर्माता सुनिल रावललाई बिहान फोन गरेर नायिका सृष्टिको लागी १५ दिन सुटिङ रोक्न भनेका थिए । सृष्टि हाल नर्भिक अस्पतालमा छिन ।