हामी सबै आफ्नो कपाल सुन्दर होस भन्ने चाहन्छौँ । कपालले मानिसको सुन्दरतालाई बढवा दिने काम गर्छ भन्ने मान्यता छ । कपालले सुन्दरतामा यति ठूलो भूमिका खेलेको हुन्छ कि केही मानिसहरु त सुन्दर देखिनको लागि 'विग' अर्थात नक्कली कपालको समेत साहारा लिन्छन् । अझ पर्दामा देखिने कलाकारहरुको जीवनमा कपालको छुट्टै भूमिका रहन्छ'। र कपालको मामिलामा सचेत हुन्छन् । कपालको स्याहार गर्न लाखौँ खर्च गर्छन् । दर्शकले कलाकारको अभिनयसँगै पहिरन, कपालको स्टाइलहरुलाई पनि पछ्याउने भएकाले कलाकारले आफ्नो कपाललाई ध्यानमा राख्न पर्ने हुन्छ। बलिउड, हलिउडका देखि नेपाली कलकारहरुले पनि कपालको स्याहारका लागि गरेको प्रयोगको चर्चा हुन थालेको छ। नेपाली सेलिब्रेटीहरुको हकमा जो सुन्दर देखिनका लागि नक्कली कपाल यानिकी विकको प्रयोग पनि सामान्य बन्दै गएको छ।
करिश्मा मानन्धर

सदाबहार अभिनेत्री करिश्मा मानन्धर सुन्दर अभिनेत्रीमा पर्दछिन् । पछिल्लो समय चलचित्र भन्दा राजनितिमा सक्रिय करिश्मा आफ्नो सुन्दरताको लागी लाखौँ खर्च गर्न पछि पर्दिनन् । केही समय अघि मात्रै उनले नक्कली कपालको लागि डेढ लाख रुपैयाँ खर्च गरिन् जसले निकै चर्चा भयो। उनले आफ्नो सक्कली कपालमा नक्कली कर्ली कपाल जोडेकी छिन् । उक्त कपालको लागि उनले डेढ लाख तिरेकी थिइन् । उनी यतिबेला आफ्नो सुन्दरता कायम गर्नको लागि नक्कली कर्ली कपालको प्रयोग गरिरहेकी छिन् ।
भुवन केसी

सदाबहार अभिनेता भुवन केसी प्राय कुनै सभा समारोहमा जादा चिटिक्क परेर पुगेका हुन्छन् । उनको गर्ने स्टाइलले प्रशंसा पाइरहेको हुन्छ । एक समय सिनेमा क्षेत्रमा एकक्षत्र राज गरेका अभिनेता केसीको उमेरसँगै कपालले पनि धोका दिन थाले पछि उनि नक्कली कपालको सहायता लिने गर्दछन् । चलचित्रमा लगायत कुनै कार्यक्रममा जादा भुवन नक्कली कपालको सहारा लिएर पुग्छन् । आफ्नो नक्कली कपालको बारेमा भने केसी मिडियामा भन्न रुचाउदैनन् ।
आर्यन सिग्देल

चकलेटी लुक्स र अब्बल अभिनयको कारण अभिनेता आर्यन सिग्देलले सुरुवाती दिनमा निकै प्रशंसा बटुल्न सफल भए । उनलाई ह्याण्डसम भएकै कारण सिनेमामा यति धेरै सफलता पाएको भन्नेहरु पनि धेरै छन् । तर उनलाई ह्याण्डसम हुनुमा उनको नक्कली कपालले धेरै सहयोग गरेको छ । यतिबेला चलचित्र ‘रुद्रप्रिया’को सुटिङमा व्यस्त सिग्देलले सुरुवातदेखि नै नक्कली कपालको साहारा लिएर स्टाईलिश बन्ने प्रयास गरिरहेका छन् । आर्यनले अहिले सम्म आफ्नो सक्कली कपाल देखाएका छैनन् ।
जीवन लुईँटेल

अभिनेता जीवन लुईँटेलले पनि केही समय अघिसम्म विगको प्रयोग गर्थे । तर पछिल्लो समय उनी आफ्नो सक्कली कपालमा हिड्ने गर्दछन् । आफ्नो सिने यात्रामा लामो समय सम्म नक्कली कपाल प्रयोग गरेका लुईँटेल अहिले भने सार्वजनिक कार्यक्रमहरुमा समेत सक्कली कपालमा जान्छन् । उनले आफ्नो सक्कली कपाल प्रत्यारोपण गरिसके पछि सिनेमा राधामा काम गरेका छन् ।