रणवीर कपुर र क्याट्रिना कैफको एउटा फोटो अहिले भाइरल बनेको छ । फोटोमा उनीहरू रिक्साभित्र नांगै अवस्थामा देखिन्छन् । प्लास्टिकले घेरिएको रिक्साको सिटमा उनीहरू लुकिरहेजस्ता देखिन्छन् । तर, यो फिल्मको तस्बिर हो । उनीहरूको फिल्म ‘जग्गा जासुस’को रिलिज मिति नजिकिँदै गर्दा विभिन्न खालका फोटा सार्वजनिक भइरहेका छन् ।
केही दिनपहिले यस्तै एउटा फोटो सार्वजनिक भएको थियो जसमा विनाकपडा रहेका रणवीर र क्याट्रिनाले आफ्ना शरीर टोकरीमा लुकाएको देखिन्थ्यो । रिक्साभित्र नग्न फोटो सार्वजनिक भइसकेपछि गसिप बन्न थालेका छन्, खासमा उनीहरू यो अवस्थामा के गर्दै थिए ? सूत्रका अनुसान यो फोटो फिल्मको एउटा सिक्वेन्सका क्रममा खिचिएको थियो ।