बलिउड चलचित्र ‘गुड न्युज’को ‘सौदा करा करा’ बोलको गीतले सार्वजनिक भएको छ । अक्षय कुमार र करिना कपुर खान, कियरा अडवानी र दिलजीत दोसाँझ स्टारर चलचित्रको सार्वजनिक गीत ले विवाहको माहौल देखाउँछ । दिलजीत, सुखवीर दिव्यानी भनुशालीको स्वर रहेको गीतमा कुमारको शब्द र लिजो गेर्गेको सङ्गीत रहेको छ । क्रिसमसको अवसर पारेर डिसेम्बर २७ देखि प्रदर्शनमा आउन लागेको चलचित्रमा अक्षय सहित करिना कपुर, दिलजित दोसाँध र कियरा अडवानी मुख्य भूमिकामा रहेका छन् । चलचित्र बच्चा नभएका दुई दम्पतीले बच्चाका लागि विट्रो फर्टिलाइजेशन आइभिएफ टेक्नोलोजीको सहारा लिँदा भएको कन्फ्युजन नै चलचित्रको मूल कथा हो । दिलजीत-कियारा, अक्षय-करिनाको गुड न्यूजको बिच निकै ठुलो कन्फ्युजन हुन्छन् । अस्पतालमा दुवै कपल्सको सरनेम बत्रा भएका कारण स्पर्म मिक्स अप हुन्छ । करिनामा दिलजीतको र कियारामा अक्षयको स्पर्म ट्रान्सफर भएको हुन्छ । चलचित्रलाई राज मेहताले निर्देशन गरेका हुन् भने हिरु जोहर, अरुना भाटिया, करण जोहर, अपूर्व मेहता र शशाङ्क खैतान चलचित्रका निर्माता हुन् । चलचित्रलाई ज्योति कपुर, राज मेहता र रिशब शर्माले लेखेका हुन् । चलचित्रको ट्रेलर केही दिन अघि नै सार्वजनिक भैसकेको छ जसलाई दर्शकले निकै मन पराइरहेका छन् । योसँगै यस चलचित्र अक्षयको अर्को ब्लक बस्टर साबित हुने अनुमान लगाउन सकिन्छ ।