बलिउड चलचित्र ‘स्ट्रिट डान्सर ३ डी’को ट्रेलर सार्वजनिक भएको छ । वरुण धवन र श्रद्धा कपूर स्टारर चलचित्रको कथा बस्तु नै डान्स च्यालेन्ज र यसको दौरान आइपर्ने उल्झन रहेको छ । ट्रेलरमा इन्डिया भर्सेज पाकिस्तानको डान्स कम्पिटिसन देखाइएको छ । जसमा श्रद्धाले पाकिस्तानी डान्सरको भूमिका निभाएकी छिन् र वरुणले उनलाई आफ्नो टिम भारतमा ल्याउने प्रयास गरेको देखिन्छ । रेमो डिसुजाले निर्देशन गरेको फिल्ममा वरुण र श्रद्धासँगै प्रभु देवा, अपार शक्ति खुराना, नोरा फतेही, शक्ति मोहन लगायत कलाकारको अभिनय रहेको छ । यसमा प्रभु देवाले कोरियोग्राफरको भूमिका निभाएका छन् । यस अघि वरुण र श्रद्धाले रेमोको चलचित्र ‘एबीसीडी २’ मा पनि एक साथ काम गरेका थिए । ‘स्ट्रिट डान्सर ३ डी’ २०२० जनवरी २४ देखि रिलिज हुँदै छ ।