कङ्गना रनावत अभिनीत चलचित्र 'पंगा'को ट्रेलर सार्वजनिक भएको छ । बलिउडमा सबैसँग पंगा लिए अभिनेत्रीको रूपमा चिनिएकी कङ्गनाले चलचित्रमा पनि पंगा लिइरहेको देख्न सकिन्छ । चलचित्रमा उनी एक कबड्डी खेलाडीको भूमिकामा देखिनेछिन् । यसै चलचित्रको लागी कङ्गनाले आफ्नो वजन समेत बढाएकी थिइन् । तीन मिनेटको ट्रेलरमा कङ्गनालाई न्यासनल लेभल खेलाडीको रूपमा देख्न सकिन्छ । चलचित्रलाई अश्विनी अय्यर तिवारीले निर्देशन गरेकी हुन् । फक्स स्टार स्टुडियोले निर्माण गरेको चलचित्रमा कङ्गनाको साथमा रिचा चढ्ढा, पंकज त्रिपाठी, निना गुप्ता मुख्य भूमिकामा देखिनेछन् । चलचित्रको कथा आम सर्वसाधारणको जिन्दगीमा आउने वाला चुनौतीका बारेमा छ र कस्ता कुराले एउटी महिलालाई उसको लगावलाई अघि बढाउन मद्दत गर्छ भन्ने रहेको छ । ‘पंगा’ मा कङ्गना एक आमाको भूमिकामा रहेकी छिन् । फिल्म जनवरी २४, २०२० मा रिलिज हुनेछ ।