काठमाडौँ , २६ असार । बलिउड अभिनेत्री अनुष्का शर्माको नयाँ चलचित्र ‘परी’को पहिलो पोस्टर सार्वजनिक भएको छ । आगामी वर्ष ९ फेब्रुअरीमा रिलिज परीमा अनुष्कालाई फरक रूपमा देखाइएको छ ।
अनुष्का शर्मा र पराम्बात चटर्जीको मुख्य भूमिका रहने यस चलचित्र सुटिंग कलकता र मुम्बईमा गरिंदै छ । हाल अनुष्का शाहरुख खानसँगको चलचित्र ‘जब हैरी मीट सेजल’को प्रमोसनमा व्यस्त छिन् । चलचित्र अगस्ट ४ मा रिलिज हुँदै छ ।