काठमाडौँ , २६ असार । सन् २०१७ को सुरुवातमा सलमान खान, करण जोहर र अक्षय कुमार मिलेर फिल्म निर्माण गर्ने खबर बाहिरिएको थियो । फिल्ममा सलमान र करण निर्माता र अक्षय प्रमुख भूमिकामा रहने बताइए पनि यति बेला उक्त फिल्म नबन्ने भएको छ । भारतीय मिडिया अनुसार केही दिन अघि फिल्म नबन्ने घोषणा गरिएको छ । अब फिल्ममा भएको सम्पूर्ण खर्चको लिस्ट बनाइने छ । जसमा टेक्निकल स्टाफ र राइटरलाई दिइएको रकम भने फिर्ता लिइने छैन । उक्त फिल्म बन्द हुनुमा साउथ फिल्म बाहुबलीको असर रहेको भारतीय मिडियाले जनाएको छ ।
सलमान र अक्षयले ‘ब्याटल अफ सारागढि’ बनाउन लागेका थिए । जुन चलचित्रमा युद्ध समावेश हुन्छ । तर बाहुबलीको थिम सफल भएसँगै यस भित्रको भिएफएक्सको लागी निर्माण पक्ष तयार नभएपछि सारागढी बन्द भएको बताइएको छ । –एजेन्सी