बलिउड चलचित्र ‘मलङ’को ट्रेलर सार्वजनिक भएको छ । अनिल कपूर स्टारर चलचित्रको ट्रेलर सोमवार सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा चार किलरको कथा रहेको छ जसलाई कसैलाई मार्नु ठुलो कुरा लाग्दैन बरु यो नशा जस्तो लाग्छ । मोहित सुरीले निर्देशन गरेको चलचित्रमा अनिल कपूरसँगै आदित्य राय कपूर, दिशा पटनी र कुनाल केम्मुको मुख्य भूमिका रहेको छ । ट्रेलर सार्वजनिक गर्दै अनिल कपूरले, ‘पागलपन सुरु, मलङको ट्रेलर जारी’ लेखेका छन् । भुषण कुमार, किशन कुमारको लगानी रहेको चलचित्रमा भुषण कुमार, किशन कुमारको लगानी रहेको छ । चलचित्र  माघ २४ गते देखि प्रदर्शनमा आउँदै छ ।