कलर्स टेलिभिजनबाट प्रसारण हुने विवादास्पद कार्यक्रम ’बिग बोस’ एक खालका दर्शकको रुचीको टेलिभिजन कार्यक्रम रहेको छ । हुन त नेपालमा पनि यस कार्यक्रमको प्रभाब पनि राम्रै पर्ने गरेको छ । बलिउड अभिनेता सलमान खानले होस्ट गर्ने उक्त कार्यक्रमको ११ औं सिजन सुरु हुने क्रममा रहेको छ । त्यसैले पनि ११ औं सिजनमा को(को प्रतिस्पर्धी रहन्छन् त भन्ने कुराले सबैको ध्यान तानेको छ । अहिले निम्न सम्भावित प्रतिस्पर्धीको नाम भारतीय संचार माध्यममा छाईरहेका छन् ।
रिया सेन ,बलिउड अभिनेत्री ।
नंदीश संधू , ‘उतरन’ टेली श्रृंखलाका मुख्य पात्र ।
निया शर्मा ,टेली श्रृंखला अभिनेत्री ।
ढिन्चक पूजा , यूट्यूबमा आफ्ना गीतका भिडियो राखेर चर्चामा आएकी ।
अंचित कौर , ‘स्वाभिमान’, ‘जमाई राजा’ जस्ता टेली श्रृंखलाकी अभिनेत्री ।
जोया अफरोज ,, ‘हम साथसाथ हैं’ मा नीलम र महेश ठाकुरकी छोरीको भूमिका निभाएकी जोया ‘पोन्ड्स फेमिना मिस इन्डिया २०१३’की सेकेन्ड रनर अप ।
नवनीत कौर ढिल्लन, ’फेमिना मिस वर्ल्ड इन्डिया २०१३’की प्रतिस्पर्धी नवनीतले पन्जाबी फिल्म ‘अंबरसरिया’ र हिन्दी फिल्म ‘एकता’ मा काम गरेकी छन् ।
मोहित मल्होत्रा , ‘बड़े अच्छे लगते हैं’ का अभिनेता।
मिस्टी चक्रवर्ती , ‘कांची’ र विद्या बालनकी ‘बेगम जान’ मा मिस्टीले काम गरेकी छन् ।
अभिषेक मलिक , एमटीवी स्प्लिटभिलामा देखा परेका थिए।
फलक नाज , फलकले ‘ससुराल सिमर का’ मा जाह्नवीको भूमिका निभाएकी छन्।
पलोमी दास , ‘सुहानी सी एक लड़की’ मा बेबीको भूमिका निभाएकी छन्।