काठमाडाैँ ,३० असार । बलिउडमा कलाकारहरुको लभ अफेर र बे्रकअपले मिडियामा राम्रै स्थान पाइरहेको हुन्छ । यतिबेला बलिउडको गसिप बजार नायक रणवीर सिंह र नायिका दिपिका पादुकोणको प्रेम सम्बन्धले तातिएको छ । एक समय यी दुईको ब्रेकअप भएको हल्ला बाहिरि पनि यी दुई जोडीलाई कार्यक्रमहरुमा सँगै देखिन्थ्यो ।

तर दिपिका आफ्ना प्रेमी रणवीर सिंहको आँखा छलेर सर्वियाका टेनिस खेलाडी नोवाक जोकोविचसँग डेटिङ गरिरहेको खुलासाले भएको छ । जोकोविचकी पूर्वप्रेमिका नताशा बेलवेलेकका अनुसार दीपिका लुकीलुकी जोकोविचकीलाइ भेट्न बिभिन्न ठाउ जाने गरेकी छन् । पछिल्लो पटक सन् २०१६ मा दीपिका र जोकोविचले अमेरिकाको लस एन्जलसमा डिनर गरेको नताशाले मिडियामा खुलासा गरेकी छन्  ।