काठमाडाैँ, ३० असार ।आउँदो साउन १३ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत २’ले आयोजना गरेको ‘कभर गीत भिडियो’ प्रतिस्पर्धाको  लागी २ सय ५० भिडियो छनोट गरेको छ । प्राप्त भएको ८ सय भियिडो मध्य प्रतिस्पर्धाको लागी २ सय ५० भिडियो छनोट गरिएको हो । उक्त भिडियोहरु युट्युवमा अपलोड गरिने निर्माण टिमले बताएको छ । 
भदौको दोस्रो साता यी भिडियोबाट उत्कृष्ट १५ भिडियो छानिनेछ र अन्तिम १५ जनाबाट उत्कृष्ट छनोट गरिने चलचित्र निर्माण कम्पनी आशुसेन फिल्मस्ले जानकारी दिएको छ।

भदौ पहिलो साता युटुबमा भ्यूजको आधारमा उत्कृष्ट पन्ध्र घोषित गरिनेछ । यीमध्ये पाँचजना प्रतिभालाई वाइल्ड कार्ड प्रणालीमार्फत सिधै उक्त राउन्डका लागि समावेश गरिने भएको छ । विजेता महिला र पुरुषले १–१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। सन्तोष सेनको लगानी र रामशरण पाठकको निर्देशनमा तयार भएको चलचित्रमा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेका छन्।