काठमाडाैँ, ३० असार ।यस बर्षको सुरुवात देखि अहिले सम्म आइपुग्दा लभगभ एक दर्जन बढि चलचित्रहरु प्रदर्शन भए ।तर प्राय चलचित्रहरुले हल सम्म दर्शक तान्न सकेन ।नेपाली चलचित्रको व्यापारमा खडेरी लागिरहेको समयमा आजबाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले सुखद ओपनिङ गरेको छ । सिनेपाटीको टिम हल सम्म बुज्न जादाँ प्राय हलहरुमा दर्शकको चाप बढ्दो थियो । यस्तै मल्टिप्लेक्स र सिंगल दुबैमा चलचित्रको ओपनिङ बम्पर रहेको चलचित्रको वितरणको जिम्मा लिएका वितरक गोपाल कायस्थले जानकारी दिए ।  

उनका अनुसार, अष्टनारायण हलमा पनि चलचित्र २ वटा पर्दामा चलिरहेको छ । काठमाण्डौका मल्टिप्लेक्सले दिएका शो सबै हाउसफूल छ ।काठमाण्डौको क्यूफक्समा चलचित्रको मर्निङ शोमा ८० प्रतिशतको अकुपेन्सी रहेको छ ।यस्तै काठमाडौँको साथै मोफसलमा पनि चलचित्रले सुखद ओपनिङ गरेको काठमाण्डौ बाहिर वितरक मनोज राठीले जानकारी दिए । 


पोखरामा १२ बजेको शोमा डेढ लाख, वुटवलमा १ लाख र चितवनको जलमा हलमा पनि व्यापार राम्रो छ रहेको उनले बताए । सुदर्शन थापाको निर्देशन रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले प्रायको प्रतिक्रियाबाट निर्देशक थापा दंग देखिन्थ्ए । चलचित्र लामो समयसम्म हलमा चल्छ भन्ने आश रहेको उनले बताए । यता दर्शकको उत्साहजनक उपस्थिती भएको कारण नायिकाको साथै निर्मात्री रहेकी पूजा शर्मा र नायक पल शाह उत्साहित देखिन्थे ।