एक्सन स्टार विराज भट्टले निर्देशन गरेको पहिलो चलचित्र ‘साङ्लो’ यही माघ २४ गते देखी प्रदर्शनमा आउँदै छ । यति बेला नायक विराज भट्ट आफूले निर्देशन गरेको पहिलो चलचित्रलाई उत्कृष्ट बनाउन लागिपरेका छन् । चलचित्रमा उनीसँगै डेब्यू नायिका पूर्व मिस नेपाल निकिता चण्डक पनि लागी परेकी छिन् ।

भर्खरै चलचित्रको दोस्रो गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ सार्वजनिक गरिएको छ । चलचित्रमा विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भीष्म जोशी लगायतका कलाकारको अभिनय रहेको छ ।

'साङ्ग्लो' अभिनेत्री निकिताको ग्ल्यामर 'साङ्ग्लो' अभिनेत्री निकिताको ग्ल्यामर 'साङ्ग्लो' अभिनेत्री निकिताको ग्ल्यामर

शिवम अधिकारीको लेखनमा निर्मित चलचित्रमा सुरेश अधिकारी राजनराज सिवाकोटीको सङ्गीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायाङ्कन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज जामजी लामिछानेको कोरियोग्राफी रहेको छ । आइतबार सार्वजनिक गरिएको गीत ‘झ्याम्मै आँखा झ्याम्मै’लाई पनि दर्शकले मन पराइरहेका छन् । योसँगै चलचित्रको प्रचार प्रसारको काम तीव्र गतिले भइरहेको छ ।   

'साङ्ग्लो' अभिनेत्री निकिताको ग्ल्यामर 'साङ्ग्लो' अभिनेत्री निकिताको ग्ल्यामर