बक्स अफिसमा हिट मानिएको सिरिज चलचित्र ‘नाई नभन्नु ल’को छैटौँ सिरिज पनि बन्ने भएको छ । निर्देशक तथा लेखक विकासराज आचार्यले यसको जानकारी दिएका हुन् । उनले अहिले चलचित्रको स्क्रिप्ट र सङ्गीतमा काम भइरहेको बताएका छन् । चलचित्रमा सलोन बस्नेत, बाल–कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा पक्का भैसकेका छन् । यसैबिच ‘नाईं नभन्नू ल ५’ का मुख्य बाल अभिनेता अनुभव र सेड्रिना मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।

चलचित्रको पाँचौँ भाग सफल भएसँगै यी दुई कलाकार निकै चर्चामा आए । चलचित्रबाट सेड्रिनाले पहिलो पटक अवार्ड हात पारेको अवसरमा निर्देशक, निर्माता तथा लेखक विकासराज आचार्यले ‘नाईं नभन्नू ल ६’ बनाउने आधिकारिक सूचना दिए ।

सेड्रीना र अनुभवको अर्को सहकार्य कस्तो रहला ? सेड्रीना र अनुभवको अर्को सहकार्य कस्तो रहला ? सेड्रीना र अनुभवको अर्को सहकार्य कस्तो रहला ?

चलचित्रमा ३ नायिका र एक नायक हुने छन् जसमा एक नयाँ अनुहार भित्रिने छ । नायक पनि नयाँ अनुहार नै राख्ने तयारी उनको छ । चलचित्र ‘नाई नभन्नु ल’ सिरिज निकै सफल मानिन्छ । यस अघि  विकासले ‘नाई नभन्नु ल ५’ बनाएपछि ‘हजार जुनी सम्म’ नाममा चलचित्र बनाएका थिए जसलाई दर्शकको साथ मिलेन ।   

सेड्रीना र अनुभवको अर्को सहकार्य कस्तो रहला ? सेड्रीना र अनुभवको अर्को सहकार्य कस्तो रहला ?