यस वर्षको सवार्धिक हिट गीत ‘कुटुमा कुटु’ले नयाँ रेर्कड राखेको छ । रिलिज भएको छोटो समयमा नै ‘कुटुमा कुटु’लाई युट्युबमा १ करोड भन्दा बढी पटक हेरिएको छ । गीत सार्बजनिक भएको ४९ दिन मै गीतले करोड भ्यु पाएको हो जुन अहिले सम्म कै छिटो करोड भ्यु रहेको छ । केही वर्ष एता हिट गीतको मापन युट्युबबाट हुने गरेको छ । राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वर रहेको गीतलाई मेलिना राई र राजन इसानले साथ दिएका छन् । चलचित्र ‘दुई रुपैयाँ’मा समावेश रहेको ‘कुटुमा कुटु’ लोक भाका मिश्रित रहेको छ ।
चलचित्रलाई असीम शाहले निर्देशन गरेका हुन् भने निश्चल बस्नेत, असिफ शाह, बुद्धि तामाङको चलचित्रमा मुख्य भूमिका रहेको छ । ‘दुई रुपैयाँ’ भदौ २३ मा रिलिज हुँदैछ ।